१. निजामती कर्मचारी योगदान कोष नामको एक कोष स्थापना गरिएको छ ।
२. उपनियम ९१० बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरू रहने छन् :–
क. निजामती कर्मचारीले स्वेच्छिक रुपमा कोषलाई दिएको रकम,
ख. नेपाल सरकारबाट प्राप्त हुने रकम,
ग. स्वदेशी संघ, संस्था, व्यक्ति वा अवकाश प्राप्त निजामती कर्मचारीबाट प्राप्त हुने रकम,
घ. अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त हुने रकम,
ङ .अन्य कुनै श्रोतबाट प्राप्त हुने रकम ।
(३) उपनियम ९२० को खण्ड ९घ० बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) उपनियम ९२० बमोजिमको रकम केन्द्रीय समितिले तोकेको बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजत प्राप्त “क” वर्गको बैंकमा कोषको नाममा छुट्टै खाता खोली जम्मा गरिनेछ ।
(५) कोषको खाताको सञ्चालन केन्द्रीय समितिको अध्यक्ष र सदस्य–सचिवको संयुक्त दस्तखतबाट हुनेछ ।